२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लमजुङमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु



लमजुङ । लमजुङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल लमजुङमा उपचाररत दोर्दी गाउँपालिका-८ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार अस्पताल भर्ना भएकी महिलाको उपचारकाे क्रममा शनिबार साँझ साँढे ६ बजे मृत्यु भएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनी लामो समयदेखि स्तन क्यान्सरबाट पिडित थिइन । उनले स्तन क्यान्सरको उपचार गराउँदै आएकी थिइन । क्यान्सरको फोर्थ स्टेजमा पुगेकीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार गराइरहेको प्रमुख श्रेष्ठले बताए ।

कोरोनाको दोस्रो लहर चलेपछि लमजुङमा यसअघि २ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसंगै लमजुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ११ : २७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती