२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बन्यो एमाले मिलाउने कार्यदल, ओली र नेपाल पक्षका ५/५ जना नेता कार्यदलका सदस्य



काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने नेपाल खनाल पक्षको मागलाई सम्बोधन गर्न कार्यदल बनेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा आइतबार दिउँसो भएको छलफलबाट कार्यदलको टुंगो लागेको हो ।

कार्यदलमा ओली पक्ष र नेपाल पक्षबाट ५/५ जना सदस्य रहेका छन् । ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । ओली पक्षको नेतृत्व नेम्वाङले गर्नेछन् । यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

अध्यक्ष ओलीसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै नेता नेपालले जेठ २ को अवस्थामा फर्किने गरी थप विषयमा समेत टुंगो लगाउन कार्यदल बनेको जनाए । उनले भने, सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

आफुहरुले भने अनुसार नभए सांसद पदबाट सामुहिक राजीनामा दिने बार्गेनिङ गर्दै आएको नेपाल समुहलाई फकाउन अध्यक्ष ओली सहमत भएपछि गत बिहीबार दुई नेताबीच व्यापारी रामेश्वर थापाको निवासमा छलफल भएको थियो । त्यसपछि नेपाल पक्षका सांसदहरुको राजीनामाको विषय सेलाएको थियो । शुक्रबार सिंहदरबारमा ओली र नेपालपक्षका नेताहरुबीच थप छलफल भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : ४३ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ