५ आश्विन २०८३, सोमबार | September 21, 2026

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओखलढुङ्गाका सबै बैंकहरु बन्द



ओखलढुङ्गा । ओखलढुङ्गाका बैंक तथा वित्तिय संस्थाहरू एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।

जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए ।

बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उनको भनाइ छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ओखलढुङ्गाको आईतबार बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो ।

बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।

जिल्ला सदरमुकामको सिभिल बैक र मोेलुङ गाउँपालिकाको प्राप्चामा रहेका मुक्तिनाथ बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका बैंकका कर्मचारी आइसोलेशनमा छन् । बैंकहरु बन्द भए पनि जिल्लामा बैंकका एटिम सेवा भने सञ्चालनमा रहने जनाईएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४८ बजे

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ