८ बैशाख २०८१, शनिबार | April 20, 2024

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओखलढुङ्गाका सबै बैंकहरु बन्द



ओखलढुङ्गा । ओखलढुङ्गाका बैंक तथा वित्तिय संस्थाहरू एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।

जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए ।

बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उनको भनाइ छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ओखलढुङ्गाको आईतबार बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो ।

बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।

जिल्ला सदरमुकामको सिभिल बैक र मोेलुङ गाउँपालिकाको प्राप्चामा रहेका मुक्तिनाथ बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका बैंकका कर्मचारी आइसोलेशनमा छन् । बैंकहरु बन्द भए पनि जिल्लामा बैंकका एटिम सेवा भने सञ्चालनमा रहने जनाईएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा