३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान



ओखलढुङ्गा । जिल्लामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ ।

आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

निर्वाचन क्षेत्रस्तरीय चक्रपथ ९रिङरोड०को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई सक्नुपर्ने समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकामा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको उनको भनाइ छ ।

“योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदारप्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौँ ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उहाँहरुले समयअगावै राम्रो काम गरेर देखाउनुभयो”, नगरप्रमुख श्रेष्ठले भने, “समयभित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उहाँहरुलाई हामीले सम्मान गरेका हौँ ।” ठेकेदार सम्मानले नगर क्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीलाई सन्देश दिने उनको भनाइ छ ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले निर्माण व्यवसायीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका थिए । उनले निर्माण व्यवसायी इमान्दार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताए । “यही जिल्लामा सुनकोशी पुल बनाउन १५–१८ वर्ष लाग्यो । त्यस्तै पुल अहिले एक वर्षमा बन्यो । यही हो हामीले ल्याएको समृद्धि”, मन्त्री गुरुङले भने, “राम्रो काम नगर्ने ठेकेदारविरुद्ध सरकार कठोर भएर लाग्ने छ । अब यो प्रदेशमा जसले काम रोक्छ, उसको भुत्तानी रोकिन्छ ।” राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारवाही शुरु गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । विकास निर्माणका आयोजना वर्षौँ अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन् ।

मन्त्री गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथ ९रिङरोड०को पहिलो खण्ड रुम्जाटार-सानीटार, वनपाले-बुलादी, देउराली-फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्न प्रालि बालाजु काठमाडौंले ठेक्का लिएको थियो । विसं २०७८ पुस २१ गतेसम्म म्याद राखेर विसं २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ किलोमिटर ८०० मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।

त्यस्तै सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती-रुम्जाटार सडकखण्डअन्तर्गत सिस्नेखोलामा दुई वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

केएम इञ्जीनियर्स विल्डर्स प्रालि काठमाडौंले २०७९ असार २४ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजना एक महिनाअघि नै निर्माण सम्पन्न भएको छ । समयअगावै निर्माण सम्पन्न भएका दुवै योजना उद्घाटन भइसकेका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ३७ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा