३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’



ओखलढुङ्गा । ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीहरूका लागि टाइमकार्ड लागू गरिएको हो ।

जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताए । टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्र सवारी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाइ छ ।

“यात्रुलाई छिटो पुग्नुपर्ने र चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा सवारीको गति बढ्छ । तीव्र गतिको सवारी दुर्घटनाको जोखिममा पर्छ । सवारी अनियन्त्रित भएरै धेरैजसो दुर्घटना भएका छन्”, प्रमुख खतिवडाले भने, “तीव्र गतिका कारण हुने दुर्घटना रोक्न हामीले टाइमकार्डम लागू गरेका छौँ । निश्चित समय तोकिएको हुन्छ, यदि त्यो समयभन्दा अगाडि आइपुग्ने सवारीलाई प्रहरीले तत्काल कारबाही गर्छ ।”

पत्ताले-सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा-जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ-गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर-मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको भन्दै निश्चित दूरी पार गर्न समय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लामा यसअघि पनि टाइमकार्ड लागू गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो समय प्रहरीले टाइमकार्ड हेर्न छाडेपछि चालकले सक्दो तीव्र गतिमा सवारी चलाउने गरेका थिए ।

यसैबीच ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौंलगायत देशका विभिन्न स्थानमा आवतजावत गर्ने सार्वजनिक सवारीले अनिवार्य बस पार्कमा प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ ।

सिद्धिचरण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय र सरोकारवाला कार्यालयहरूको सर्वपक्षीय बैठकले दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गर्ने र रमाइलो डाँडाको बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ५१ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा