२२ भदौ २०८३, सोमबार | September 7, 2026

अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट



काठमाडौं । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने निर्णय गरेको हो ।

सीसीएमसीले भारतबाट निर्यात गरिँदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने, ट्यांकर र सिलिन्डर आपूर्ति बढाउनेलगायत निर्णयसमेत गरेको छ । सरकारले चीनबाट ४ सय थान र ओमनबाट ५६१ थान सिलिन्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिन्डर ल्याउने काम भएकाले अब अक्सिजनको समस्या खेप्नु नपर्ने सीसीएमसीको निष्कर्ष छ ।

बैठकमा आर्थिक स्रोतको अभाव र प्रक्रियागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तत्काल प्रक्रियागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले यस्तो निर्देशन दिइरहँदा आइतवारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ । आइवार कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अब सीसीएमसीले प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल काम अघि बढाउनेसमेत निर्णय गरेको छ ।

सामग्री खरीद प्रक्रियादेखि अन्य कामसमेत कानूनी रूपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बढ्ने निर्णय गरेको उनले जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार