२४ बैशाख २०८१, सोमबार | May 7, 2024

अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट



काठमाडौं । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने निर्णय गरेको हो ।

सीसीएमसीले भारतबाट निर्यात गरिँदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने, ट्यांकर र सिलिन्डर आपूर्ति बढाउनेलगायत निर्णयसमेत गरेको छ । सरकारले चीनबाट ४ सय थान र ओमनबाट ५६१ थान सिलिन्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिन्डर ल्याउने काम भएकाले अब अक्सिजनको समस्या खेप्नु नपर्ने सीसीएमसीको निष्कर्ष छ ।

बैठकमा आर्थिक स्रोतको अभाव र प्रक्रियागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तत्काल प्रक्रियागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले यस्तो निर्देशन दिइरहँदा आइतवारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ । आइवार कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अब सीसीएमसीले प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल काम अघि बढाउनेसमेत निर्णय गरेको छ ।

सामग्री खरीद प्रक्रियादेखि अन्य कामसमेत कानूनी रूपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बढ्ने निर्णय गरेको उनले जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ५६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,