१८ असार २०८३, बिहिबार | July 2, 2026

मदन भण्डारीले सही विचार र बलियो संगठन बनाएकै कारण कम्युनिष्ट आन्दोलन निरन्तर उचाइमा : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले सही विचार र बलियो संगठन बनाएकै कारण कम्युनिष्ट आन्दोलन निरन्तर उचाइमा पुगेको बताएका छन् ।

मदन आश्रितको २८ औं स्मृति दिवशका अवसरमा आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले मदन आश्रितको निधनसँगै नेपालबाट कम्युनिष्टहरु कमजोर हुन्छन् भनेर धेरैले अनुमान लगाए पनि त्यो सही सावित नभएको स्पष्ट पारेका छन् ।

‘यी सबका बाबजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयाँ उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाँहरुले हामीलाई सही विचार र सुदृर संगठन छाडेर जानुभएको थियो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।’

प्रधानमन्त्री ओलीले दिवंगत नेताहरुको योगदान कै कारण नेकपा एमाले देशको ठूलो पार्टी हुन सकेको उल्लेख गरेका छन् । नेकपाका संस्थापक पुष्पलालले अगाडि सारेको तर उनको जीवनकालमा पूरा नभएको संयुक्त जनआन्दोलन मदन भण्डारीका पालामा साकार भएको प्रधानमन्त्रीको भनाइ छ ।

‘कमरेड पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा कमरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो,’ प्रधानमन्त्रीको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्री ओलीले तीनबर्ष अघि आजकै दिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको पनि स्मरण गरेका छन् ।

‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक-आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो’ प्रधानमन्त्रीले भनेका छन्, ‘तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौँ ।’

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ३७ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित