२० बैशाख २०८१, बिहिबार | May 2, 2024

संविधान र पार्टी विधानको सम्मान गर्दै विगतका गल्ती सच्चाए मदन-आश्रितप्रति सच्चा श्रद्धान्जलि : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले सबै खालका अहंकार, पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित र विगतका गल्तिहरुलाई सच्चाए मात्रै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने जनाएका छन् ।

२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै नेता नेपालले मदन भण्डारीले आत्मसात गरेको लोकतान्त्रिकरणको आत्मसात कति भएको छ भनेर प्रश्न गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नाम नलिइ नेपालले ओली प्रवृतिका कारण पार्टीको आन्तरिक जीवनले असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको जिकिर गरेका छन् ।

नेता नेपालले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह पनि गरेका छन् । नेपालले विज्ञप्तिमा भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

२०५० जेठ ३ गते चितवनको दासढुंगामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दुर्घटना भएको थियो । सो दुर्घटनामा दुवै नेताको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । मदनआश्रितको मृत्युपछि एमालेले दुर्घटना नभै हत्या भएको दाबी गर्दै त्यसको छानविन गर्न माग गर्दै देशभर प्रदर्शन गरेको थियो । तर, त्यसपछि एमालेले धेरैपटक सरकारकै नेतृत्व गर्न पुगेको छ भने मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएकी छिन् । राज्यको सर्वोच्च निकायमा पुग्दा पनि भण्डारीको हत्याबारे एमाले स्वयंले कुनै छानविनको पहल र प्रयास नै गरेको छैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ३७ बजे

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना