६ माघ २०८२, मंगलबार | January 20, 2026

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग : सुरुङ खन्ने काम निरन्तर, आयोजनास्थलमै आइसोलेसन सेन्टर



काठमाडौं । कोभिड-१९ महामारीबीच थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ ।

सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड-१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको जानकारी दिए ।

सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग निर्माणलगायतको काम तत्काल बन्द गरिएको जानकारी उनले दिए ।

आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने व्यवस्था गरिएको छ ।

सुरुङ खन्ने कामलाई निरन्तरता दिन अहिलेसम्म निर्माण सामग्री अभाव नभएको बताउँदै उनले निषेधाज्ञाका कारण रातको समयमा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने गरिएको जानकारी दिए ।

महामारीको सङ्क्रमण फैलिन सक्ने भएकाले आयोजनामा कार्यरत हरेक जनशक्तिलाई हरेक दिन आउने बेलामा ज्वरो र अक्सिजनको स्तर नाप्ने गरिएको छ । यसअघि मुख्य जनशक्तिका लागि आयोजना स्थलमै बस्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए ।

आयोजनाका अनुसार वैशाख अन्तिमसम्म मुख्य सुरुङमार्गको ११४ मिटर (४.२ प्रतिशत) र सहायक सुरुङमार्गको २२९.५ मिटर (९.० प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ ।

मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

त्यसैगरी काठमाडौंतर्फ मुख्य सुरुङमार्गको ४९ मिटर (१.८ प्रतिशत) र सहायक सुरुङमार्गको १५७ मिटर (६.१ प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ ।

त्यसैगरी धादिङतर्फ मुख्य सुरुङमार्गको ६५ मिटर (२.४ प्रतिशत) र सहायक सुरुङमार्गको ७२.५ मिटर (२.८ प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको जानकारी उनले दिए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ६ : ४७ बजे

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको