१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

जसपा अध्यक्षद्वय यादव-ठाकुरको संयुक्त विज्ञप्ति : आफैले नेतृत्व पाए अघि सर्छौ, ओली सरकारमा जाँदैनौं



काठमाडौं । विभाजनको डिलमै पुगको जनता समाजवादी पार्टीमा युद्धविराम कायम भएको छ ।
जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच ओली सरकारलाई लिएर सुरु भएको विवाद तत्कालका लागि मत्थर भएको छ । विवाद मत्थर भएसँगै अध्यक्षद्वय यादव र ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।

दुवै अध्यक्षको हस्ताक्षरसहित मंगलबार जारी विज्ञप्तिमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए अघि बढ्ने समेत जनाएका छन् । उनीहरुले अहिलेको अवस्थामा भने प्रतिपक्षमै रहने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा पार्टीलाई अझ सुदृद्ध गरी एकवतावद्ध बनाउन नेतृत्व र पार्टी सदस्यहरु लाग्ने जनाइएको छ । यस्तै, पार्टीभित्र गुट उपगुट खडा नगरी विभाजनकार प्रवृति विरुद्ध भूमिका खेल्ने क्रियाकलाप र विचारलाई पराजित गरी एकतावद्ध भएर अघि बढ्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते विश्वासको मत लिने बेलामा ओलीको पक्ष र विपक्षमा विभाजित जसपाको विवाद त्यसपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमाभित्र चरमोत्कर्षमा पुगेको थियो । यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो भने ठाकुर पक्षले प्रधानमन्त्रीलाई सहयोग पुग्नेगरी तटस्थ बसेको थियो ।

तर अध्यक्षयको विज्ञप्तीमा पदाधिकारीबाट सांसदहरुलाई स्वविवेकको अधिकार दिएपनि त्यसपछि नेतृत्व तहबाटै गुटउपगुट खडा गर्ने, पार्टीमा अराजक गतिविधि गर्दै सञ्चारमाध्यमलाई अभिव्यक्ति दिने काम भएको भन्दै त्यस्तो गतिविधि रोकिनुपर्ने जनाइएको छ । यादव र ठाकुर दुवै पक्षले यसबीचमा पार्टीमा अर्को पक्षलाई खुइल्याउन सके जति प्रयत्न गरेका थिए ।

 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : ५८ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने