१८ असार २०८३, बिहिबार | July 2, 2026

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित



काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा र शेखर कोइराला समूहका नेताहरूको बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापति कै हैसियतमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । शेखर कोइराला समूहको बिरोध पछि बैठकलाई अनौपचारिक भेला भनिएको थियो ।

सोही समूहले आज (बिहीबार)का लागि जिल्ला सभापतिहरूको भेला बोलाइएको सूचना बाहिरिए पनि तत्कालका लागि भेला स्थगित गरिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

सर्वोच्च अदालतमा पार्टीको आधिकारिताका विषयमा २२ चैतमा तोकिएको पेसीलाई मध्यनजर गर्दै भेला स्थगित गरिएको बताइएको छ ।

उता संस्थापन पक्ष बनेको नेपाली कांग्रेसले भने अनुशासन समिति मार्फत समानान्तर गतिबिधि गर्ने नेताहरुलाई सचेत गराएको छ । समितिले गतिबिधि जारी रहे अनुशासनको कारवाहीको तयारीमा संस्थापन पक्षका नेताहरु जुटेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : ५९ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष