५ पुस २०८२, शनिबार | December 20, 2025

जसपा अध्यक्षद्वय यादव-ठाकुरको संयुक्त विज्ञप्ति : आफैले नेतृत्व पाए अघि सर्छौ, ओली सरकारमा जाँदैनौं



काठमाडौं । विभाजनको डिलमै पुगको जनता समाजवादी पार्टीमा युद्धविराम कायम भएको छ ।
जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच ओली सरकारलाई लिएर सुरु भएको विवाद तत्कालका लागि मत्थर भएको छ । विवाद मत्थर भएसँगै अध्यक्षद्वय यादव र ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।

दुवै अध्यक्षको हस्ताक्षरसहित मंगलबार जारी विज्ञप्तिमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए अघि बढ्ने समेत जनाएका छन् । उनीहरुले अहिलेको अवस्थामा भने प्रतिपक्षमै रहने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा पार्टीलाई अझ सुदृद्ध गरी एकवतावद्ध बनाउन नेतृत्व र पार्टी सदस्यहरु लाग्ने जनाइएको छ । यस्तै, पार्टीभित्र गुट उपगुट खडा नगरी विभाजनकार प्रवृति विरुद्ध भूमिका खेल्ने क्रियाकलाप र विचारलाई पराजित गरी एकतावद्ध भएर अघि बढ्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते विश्वासको मत लिने बेलामा ओलीको पक्ष र विपक्षमा विभाजित जसपाको विवाद त्यसपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमाभित्र चरमोत्कर्षमा पुगेको थियो । यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो भने ठाकुर पक्षले प्रधानमन्त्रीलाई सहयोग पुग्नेगरी तटस्थ बसेको थियो ।

तर अध्यक्षयको विज्ञप्तीमा पदाधिकारीबाट सांसदहरुलाई स्वविवेकको अधिकार दिएपनि त्यसपछि नेतृत्व तहबाटै गुटउपगुट खडा गर्ने, पार्टीमा अराजक गतिविधि गर्दै सञ्चारमाध्यमलाई अभिव्यक्ति दिने काम भएको भन्दै त्यस्तो गतिविधि रोकिनुपर्ने जनाइएको छ । यादव र ठाकुर दुवै पक्षले यसबीचमा पार्टीमा अर्को पक्षलाई खुइल्याउन सके जति प्रयत्न गरेका थिए ।

 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता