२० मंसिर २०८२, शनिबार | December 6, 2025

शिवम् सिमेन्टद्धारा हटौंडा अस्पताललाई अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कम्पनीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कम्पनीले कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएको सन्दर्भमा हालै हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२० थान भरिएका तथा ७० थान खालीसमेत गरी १९० थान सिलिण्डर, ३० थान मेडिकल बेड, पाँच थान सीसीयू बेड तथा बेडमा जडान गरिने मेडिकल मोनिटरहरु हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

यस अगाडी पनि कम्पनीले यस किसिमको महामारी, दैविप्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागतदायित्व निर्वाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ४ : २९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति