७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपा अध्यक्ष यादवद्वारा संसद सचिवालयलाई पत्राचार : संसदीय दलको नेता कोही चुनिएको छैन



काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद पुनः सतहमा आएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा पार्टी एकताको पक्षमा संयुक्त वक्तव्य जारी भएको केही समय नवित्दै सहमति भाँडिएको सन्देश जाने गतिविधि देखिएको छ ।

अध्यक्ष ठाकुरले वैशाख ३० गते संसदीय दलको बैठक बसेर दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएपछि अर्का अध्यक्ष यादवले त्यसको काउन्टर गरेका छन् ।

यादवले संसद सचिवालयलाई जेठ २ गते नै पत्र पठाउँदै हालसम्म जसपा संसदीय दलको नेता कोही पनि चयन नभएको जनाएका छन् ।यादवले संसदीय दलको विधान कार्यकारिणीबाट अनुमोदन हुनुपर्नेमा हालसम्म संसदीय दलको विधान नबनेको र कार्यकारिणीबाट अनुमोदन पनि नभएको बताएका छन् ।

यादवले दलको नेता चयन भएको भनेर कसैले जानकारी गराएको भए त्यसलाई वैधानिकता नदिन सचिवालयलाई आग्रह गरेका छन् । अर्का अध्यक्ष ठाकुरको पत्र सचिवालयमा दर्ता भएपछि यादवको पत्र सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई