२० मंसिर २०८२, शनिबार | December 6, 2025

नागरिकको स्वास्थ्यप्रति उत्तरदायित्व निभाउँदै माछापुच्छ्रे बैंक, स्वास्थ्य उपचारका लागि १० लाखसम्मको क्रेडिट उपलब्ध गराउने



काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको एमबीएल केयर क्रेडिट सुबिधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्ने बैंकले जनाएको छ ।

हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुले बैंकको वेबसाइटमा https://www.machbank.com/online-credit  गइ क्रेडिट कार्डको लागि आवेदन दिनसक्नु हुनेछ ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहक महानुभावहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ  । माछापुच्छ्रे बैंक ले आफ्ना ग्राहक महानुभावहरुको सुबिधा लाइ मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुबिधा हरु संचालनमा ल्याउदै आएको छ । ग्राहक महानुभावहरुले उक्त सुबिधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिनसक्नु हुनेछ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : २८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल