काठमाडौं । एमाले बरिठ नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई भोट हाल्ने सहमति नभएको बताएको छ ।
वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै राष्ट्रियसभाको निर्वाचनमा बादललाई समर्थन गर्ने विषयमा केही सहमति नभएको जनाएका हुन् ।
गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया