९ चैत्र २०८२, सोमबार | March 23, 2026

दाउन्नेमा बस दुर्घटना : ४ जनाको मृत्यु, उद्दार कार्य जारी



नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको, एक जना बसमै च्याएको अवस्थामा पाइएको छ ।

काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।

चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लले जानकारी दिए ।

गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको उनले जानकारी दिए ।

निषेधाज्ञाको बेला पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ५७ बजे

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलका नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा