१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा देखियो भयावह अवस्था, १० घण्टा बीचमा १५ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा बितेको १० घण्टाकाबीचमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी दिएको छ । मृत्यु हुनेमा ७ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र ८ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार जेठ २ गते कोहलपुर भर्ना भएका सानोभेरी रुकुमा ३६ वर्षिय पुरुष, बैशाख २७ गते भर्ना भएका कोहलपुर १२ का ४१ वर्षिय पुरुष, बैशाख २५ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ८४ वर्षिय पुरुष, जेठ २ गते भेरीमै भर्ना भएका नेपालगन्ज ६ का ४५ वर्षिय पुरुष, जेठ १ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्तीसोनारी ३ बाँकेकी ५९ वर्षिया महिला र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका टिकापुर १६ कैलालीका २८ वसर्षय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरि मंगरबार मेडिकल कलेज कोहलपुर भर्ना भएकी कोहलपुर ११ की ५८ वर्षिया महिला, सोही अस्पताल भर्ना भएका नेपालगन्ज ३ का ६१ वर्षिय पुरुष, सोही दिन मेडिकल कलेज भर्ना भएकी त्रिवेणी १ रुकुम पश्चिमकी २७ वषिैया महिला, जेठ १ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ४ का ६७ वर्षिय पुरुष, बैशाख २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका कोहलपुर ४ का ४२ वर्षिय पुरुष र बैशाख ३१ गते भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा बर्दियाका ६३ वर्षिय पुरुषको पनि आजै राती मृत्यु भएको छ ।

त्यस्तै जेठ ३ गते भेरीमा भर्ना भएकी ठाकुरबाबा बर्दियाकी ३८ वर्षिया महिला, ४ गते नै भेरीमा भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षिय पुरुष र बैशाख २९ गते भेरी अस्पताल भर्ना भएकी लम्की चुहा कैलालीकी ६८ वर्षिया महिलाको पनि मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृतकको संख्या थपिएसँगै बाँकेमा जिल्ला भित्रका मृतकको संख्या २५३ र जिल्ला बाहिरका मृतकको संख्या २०९ पुगेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ९ : २६ बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार