१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा घटेन मृत्युदर, २४ घण्टामा १७ जनाको मृत्यु, ९१ जना संक्रमित, ५२३ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो मृत्युदरको संख्या बाँकेका अहिले सम्मकै उच्च हो । सोहि अवधीमा बाँकेका ५२३ जना कोरोना मुक्त पनि भएका छन् । आज पनि भेरी अस्पतालको पीसीआर परीक्षणको रिपार्ट समावेश नगरि डीसीसीएमसीले सार्वजानिक गरेको विवरणमा बाँकेमा ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेका २ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज ल्यावमा २५५ नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा १८९ नमुना परीक्षण भएकोमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय अस्पतालहरुमा मृत्युदर बढेका कारण सर्वसाधारणमा त्रास छाएको र त्यसैका कारण पीसीआर परीक्षण गर्नेको संख्या घटेको हुनसम्ने नाम नबताउने सर्तमा बाँकेका एक स्वास्थ्यकर्मीले बताए । लक्षण देखिएका र गम्भिर भएकाहरु मात्र पीसीआर परीक्षणका लागि ल्याव पुग्ने गरेको, तर सम्पर्कमा आएकाको कुनै लेखाजोखा नभएको ती स्वास्थ्यकर्मीले बताए ।

पीसीआर गरे पोजेटिभ आउँछ, पोजेटिभ आए अस्पताल बस्नु पर्छ, अस्पताल बसे मृत्यु हुन्छ भन्ने सर्वसाधारणमा परेको छ । ती स्वास्थ्यकर्मीले भने, स्थानीयतहले कन्ट्याक्ट ट्रेसिङको वास्तै गरेको छैन, त्यसैले पीसीआर परीक्षणको दर घट्यो ।

बाँकेमा पछिल्लो २४ घण्टामा जिल्लाभित्रका ८ जना र जिल्ला बाहिरका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा लगातार रातीको समयमा बढी मृत्यु हुनु र करिव एकै समयमा मृत्यु हुनुलाई छानवीन हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ५ : १४ बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार