१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा थपिए ७ नयाँ कोरोना संक्रमित, अस्पतालका ३६१ बेड मध्य २६४ बेड खाली



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा भएको १६८ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका ७ जना सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा आज जिल्ला भित्रको मृत्यु दर शुन्य रहेको छ भने जिल्ला बाहिरका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाकाबीचमा बाँकेमा उपचाररत ४२ जना कोरोना मुक्त भएका छन् ।

जिल्लामा अव जिल्ला भित्रका १३३ जना र जिल्ला बाहिरका ८५ जनामात्र सक्रिय संक्रमितहरुले बाँकेमा उपचार गरिरहेकाछन् । बाँकेमा १३३ जनानै होम आइशोलेसनमा रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए । जिल्लाका बिभिन्न अस्पतालहरुमा ६ जना भेन्टिलेटरमा उपचार भईरहेको छ भने ३५ जना सिकिस्त र ४७ जना मध्यम खालका संक्रमितहरुको उपचार चलिरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना उपचारकालागि छुट््याईएको ३६१ बेड मध्य २६४ बेड खाली भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ०३ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज