६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा ३०९ संक्रमित थपिँदा ७०९ जना डिस्चार्ज, १० जनाको मृत्यु



बुटवल । रुपन्देहीमा १००९ नमुनाको पीसीआर परीक्षण गर्दा ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधीमा जिल्लामा २४६२ एन्टिजेन परीक्षण गर्दा १०४५ जनामा पोजेटिभ रिपोर्ट आएको छ । पीसीआर परीक्षणको रिपोर्टमा संक्रमितको अनुपात केही कम देखिएपनि एन्टिजेनमा संक्रमितको संख्या बढी देखिएको छ । तुलनात्मकरुपमा पीसीआर परीक्षणमा ३० प्रतिशतमा संक्रमण भएको देखिएको छ भने एन्टिजेनमा ४२ प्रतिशतमा संक्रमण भएको देखिएको छ ।

जिल्लामा सोही अवधीमा १० जनाको मृत्यु भएको छ भने आज ७०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । पालिकास्तरमा पनि कोरोना संक्रमणको दर केहि घटेको पाईएको छ । बुटवल बाहेक अन्य सबै पालिकाको संक्रमण दर २ अङ्कमा झरेको छ । बुटवलमा आज १०६ जना मात्र कोरोना संक्रमति थपिएका छन् ।

लगातार घ(द्ध दिनको रिपोर्टमा जिल्लामा संक्रमणको दर केहि घटेको आँकलन गर्न सकिने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनले स्थानीय स्तरमा सम्पर्क ब्यक्तिको खोजी कार्यलाई प्रभावकारी बनाउन नसक्दा समुदायमा अहिले पनि संक्रमणको संख्या रहेको अनुमान गर्न सकिने बताए । ल्यावहरुमा लक्षण देखिएका र सिकिस्त भएकाहरुको संख्या बढी आउने गरेको र संक्रमितको सम्पर्कमा आएका लक्षण नदेखिएकाहरु पीसीआर परीक्षण गर्न आउने नगरेको उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ५ : ४७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ