८ बैशाख २०८१, शनिबार | April 20, 2024

वन समूहसँगै सरकारको लगानीमा काठ उद्योग



जाजरकोट । सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ ।

खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो ।

उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । सामुदायिक वनबाट हरेक वर्ष बूढा रुखहरु ढलेमा र आगलागीबाट नष्ट हुँदा खेर जाने गरेको उनले बताए । विभिन्न चोरी निकासी गरेर व्यक्तिगत नाफा लिने कार्यलाई नियन्त्रण गर्नका लागि पनि काठ उद्योग सञ्चालनमा ल्याइएको केसीको भनाइ थियो ।

उद्योगका लागि भवन निर्माण, उद्योगको क्षेत्र परिसर तारबार र मेसिन खरिद गरी सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म उद्योगमा झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ । १ करोड २७ लाखमा मेसिन खरिद गरिएको छ  । सबै मेसिन चीनबाट ल्याइएको हो ।

वनबाट निकालिएका काठबाट फर्निचरका सामग्री तथा प्लाइउडको कच्चा पदार्थ बनाइनेछ । चौध वडाका सबै सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन गर्दा वार्षिक करिब २० हजार रूख उद्योगका लागि प्रयोगमा आउने अनुमान गरिएको छ । “एक वर्षमा २० हजार रूख उद्योगमा प्रयोग गर्दा त्यसको मूल्य झन्डै रु दुई अर्ब हुन जान्छ, उद्योगले वार्षिक रु चार अर्बको कारोबार गर्ने लक्ष्य राखेका छ”, नगरप्रमुख केसीले भने ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ११ : १४ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या