१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठ विरुद्ध कांग्रेसद्वारा निर्वाचन आयोगमा उजुरी



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

निर्वाचन आचारसंहिता विपरित मौन अवधिमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेको भन्दै कांग्रेसले ओली र श्रेष्ठ विरुद्ध आयोगमा उजुरी दिएको हो ।

कांग्रेसको उजुरीपत्रमा भनिएको छ, आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ ।’ कांग्रेसले आचारसंहिता विपरित काम गर्नेलाई कारवाहीको माग गरेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो र श्रेष्ठले बुधबार साँझ विज्ञप्ति प्रकाशित गरी एमाले उम्मेदवारलाई भोट दिन आग्रह गरेका थिए । ओलीले आफ्ना उम्मेदवारलाई भोट नदिने मतदातालाई कारवाहीसम्मको धम्की दिएका थिए ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौनअवधि सुरु भएको थियो । मौन अवधिमा आचारसंहिता विपरितका गतिविधि कारवाही योग्य भएको भन्दै निर्वाचन आयोगले समेत विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  २ : ०८ बजे

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा