काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
निर्वाचन आचारसंहिता विपरित मौन अवधिमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेको भन्दै कांग्रेसले ओली र श्रेष्ठ विरुद्ध आयोगमा उजुरी दिएको हो ।
कांग्रेसको उजुरीपत्रमा भनिएको छ, आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ ।’ कांग्रेसले आचारसंहिता विपरित काम गर्नेलाई कारवाहीको माग गरेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो र श्रेष्ठले बुधबार साँझ विज्ञप्ति प्रकाशित गरी एमाले उम्मेदवारलाई भोट दिन आग्रह गरेका थिए । ओलीले आफ्ना उम्मेदवारलाई भोट नदिने मतदातालाई कारवाहीसम्मको धम्की दिएका थिए ।
राष्ट्रियसभा उपनिर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौनअवधि सुरु भएको थियो । मौन अवधिमा आचारसंहिता विपरितका गतिविधि कारवाही योग्य भएको भन्दै निर्वाचन आयोगले समेत विज्ञप्ति जारी गरेको थियो ।
प्रतिक्रिया