११ कार्तिक २०८३, बुधबार | October 28, 2026

अक्सिजन सिलिन्डर दैनिक आउँदै



सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए । उनका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।

चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाका अनुसार चिनियाँ क्षेत्रमा नेपाली न्यापारीले हजारौँ सङ्ख्यामा अक्सिजन सिलिन्डर ल्याउन लागेको जानकारी दिएका छन् । नेपाल सरकारले अनुदानमा चीनबाट ल्याउने भनिएको १८ हजार सिलिन्डर अहिलेसम्म तातोपानी नाकाबाट आएको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ३९ बजे

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते