१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ४ को व्यवस्थालाई पालना नगरी धारा ७६(५) अनुसार वैकल्पिक सरकारका लागि आह्वान गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो ।

सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको आकस्मिक बैठकमा वैकल्पिक सरकारको गठनको अवस्था, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोससम्मका विषयमा छलफल हुने बताइएको छ ।

बिहान ९ बजे बोलाइएपनि पौने १० बजेमात्र सुरु भएको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीहरु सभागी छन् ।

राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको मात्र समय दिएर संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले धारा ७६ (४) अनुसार विश्वासको मत नलिने र वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए । तर, विश्वासको मत नलिई या राजीनाम नदिइ अर्को सरकार गठनको प्रक्रिया असंवैधानिक र अलोकतानित्रक भएको कांग्रेसको प्रारम्भिक प्रतिक्रिया थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ५६ बजे

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक