५ पुस २०८२, शनिबार | December 20, 2025

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ४ को व्यवस्थालाई पालना नगरी धारा ७६(५) अनुसार वैकल्पिक सरकारका लागि आह्वान गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो ।

सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको आकस्मिक बैठकमा वैकल्पिक सरकारको गठनको अवस्था, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोससम्मका विषयमा छलफल हुने बताइएको छ ।

बिहान ९ बजे बोलाइएपनि पौने १० बजेमात्र सुरु भएको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीहरु सभागी छन् ।

राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको मात्र समय दिएर संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले धारा ७६ (४) अनुसार विश्वासको मत नलिने र वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए । तर, विश्वासको मत नलिई या राजीनाम नदिइ अर्को सरकार गठनको प्रक्रिया असंवैधानिक र अलोकतानित्रक भएको कांग्रेसको प्रारम्भिक प्रतिक्रिया थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ५६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता