१८ असार २०८३, बिहिबार | July 2, 2026

महन्त ठाकुर नेतृत्वमा नयाँ सरकार गठन गर्ने नै जसपाको आधिकारीक धारणा हो : जसपा नेता इश्तियाक राई



बुटवल । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मोहम्मद इश्तियाक राईले आफुहरु अहिले पनि अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा दृढ रहेको बताएका छन् । खबरकुरासँग कुरा गर्दै जसपा नेता राईले दुई अध्यक्षको विज्ञप्ति प्रति आफुहरु प्रतिबद्ध रहेको बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता राईले पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अवसरलाई गुमाउन नहुने भन्दै सरकार गठन गर्न पहल सुरु गर्नु पर्ने बताए । ठाकुर र राजेन्द्र महतोले सितल निवास गएको र प्रधानमन्त्रीसँगको सम्बन्धलाई प्रगाढ बनाएको बिषयमा खबरकुराको प्रश्नमा उनले ठाकुर र महन्तले के गरिरहेका छन् भन्ने आफुलाई थाहा नभएको बताए । ‘पार्टीको आधिकारीक धारणा पार्टीकै नेतृत्वमा सरकार बन्ने अवस्था आए सरकारको नेतृत्व गर्ने, अन्यथा अन्यदलको नेतृत्वमा सरकारमा नजाने भन्ने नै हो ।’ उनले भने, ‘कोही गए भने त्यो पार्टी लाईनको बिरोधी हुन्छ ।’

उनले केन्द्रीय कार्यकारिणी समिति र संसदमा पनि आफुहरु बहुमतमा रहेको दावी गर्दै पार्टीमा कुनै विषयमा निर्णय गर्नु परे बैठक बोलाउन नेतृत्वलाई चुनौती दिए । बहुमतमा रहेका सानोसंख्याको सांसदहरु प्रलोभनमा पर्न सक्ने कुरालाई भने राईले अस्विकार गर्न सकेनन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ४३ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक