११ बैशाख २०८१, मंगलबार | April 24, 2024

विश्वासको मत हासिल गर्ने अवस्था नभएकोले मार्ग प्रशस्त गरेँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्ने अवस्था नरहेका कारण नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।

बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै फेरि त्यही अवस्थामा पुग्नु अनुपयुक्त भएको बताएका हुन् ।

ओलीले विश्वासको मतको कर्मकाण्ड पुरा गरेर समय फाल्न आफुलाई उचित नलागेको बताए । उनले संसद छलेर सत्ता कब्जा गर्न नखोजेको स्पष्ट पारे ।

‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो’, ओलीले भने, ‘यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ । फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : १७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना