५ पुस २०८२, शनिबार | December 20, 2025

माधव पक्षका सांसदहरुको समेत हस्ताक्षरसहित विपक्षी गठबन्धनले सरकारको दाबी पेश गर्दै



काठमाडौं । राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी पेश गर्नेभएका छन् । वैकल्पिक सरकार दाबी पेशका लागि दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

राष्ट्रपतिले हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनको आह्वान गरेकी थिइन । सोही धारा अनुसार विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष समेतको हस्ताक्षरसहित नयाँ सरकारको दाबी पेश हुने बताइएको छ ।

दाबी पेशका लागि सांसदहरुको हस्ताक्षर संकलन सकिएको सिंहदरबारमा बसेको नेकपा माओवादीको स्थायी समिति बैठकपछि एक नेताले बताए ।

वैकल्पिक सरकारका लागि माधवकुमार नेपाल पक्षका २५ जना भन्दा बढी सांसदहरुले हस्ताक्षर गरिसकेको स्रोतले जनाएको छ । नेपाल पक्षका सांसदहरु यतिबेला संसद सचिवालयको लेखा समितिको सभाकक्षमा भेला भएका छन् ।

सबै दलहरुको हस्ताक्षर संकलन पछि दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलहरुको संयुक्त बैठक बस्ने भएको छ । त्यसलगत्तै शितल निवास पुगेर वैकल्पिक सरकारको दाबी पेश हुने ती माओवादी नेताले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : २५ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा