१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माधव पक्षका सांसदहरुको समेत हस्ताक्षरसहित विपक्षी गठबन्धनले सरकारको दाबी पेश गर्दै



काठमाडौं । राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी पेश गर्नेभएका छन् । वैकल्पिक सरकार दाबी पेशका लागि दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

राष्ट्रपतिले हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनको आह्वान गरेकी थिइन । सोही धारा अनुसार विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष समेतको हस्ताक्षरसहित नयाँ सरकारको दाबी पेश हुने बताइएको छ ।

दाबी पेशका लागि सांसदहरुको हस्ताक्षर संकलन सकिएको सिंहदरबारमा बसेको नेकपा माओवादीको स्थायी समिति बैठकपछि एक नेताले बताए ।

वैकल्पिक सरकारका लागि माधवकुमार नेपाल पक्षका २५ जना भन्दा बढी सांसदहरुले हस्ताक्षर गरिसकेको स्रोतले जनाएको छ । नेपाल पक्षका सांसदहरु यतिबेला संसद सचिवालयको लेखा समितिको सभाकक्षमा भेला भएका छन् ।

सबै दलहरुको हस्ताक्षर संकलन पछि दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलहरुको संयुक्त बैठक बस्ने भएको छ । त्यसलगत्तै शितल निवास पुगेर वैकल्पिक सरकारको दाबी पेश हुने ती माओवादी नेताले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : २५ बजे

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,