७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र राष्ट्रपति कार्यालयमा दर्ता



काठमाडौं । १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबीसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदहरुको हस्ताक्षर जुटाएर देउवाले विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष र जसपाको यादव भट्टराई पक्षको समर्थनसहित देउवाले नयाँ सरकारको नेतृत्वमा दाबी पेश गरेका हुन् ।

दाबी पेश गर्न विपक्षी दलका नेताहरु एमाले नेता माधवकुमार नेपालसहित राष्ट्रपति कार्यालय पुगेका थिए ।

पत्र दर्तापछि राष्ट्रपति भण्डारीले संविधान र कानूनका आधारमा विज्ञहरुसँग सल्लाह गरेर निर्णय दिने बताएकी छिन् । प्रधानमन्त्री ओलीले पनि भर्खरै दाबी पेश गरेको सुनाउँदै राष्ट्रपति भण्डारीले कानूनी सल्लाह गरेर निस्कर्षमा पुग्ने बताएकी छिन् । त्यसक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेको १२१ जनाको दाबीमाथि प्रश्न उठाएका थिए ।

धारा ७६ (५) अनुसार कुनै पनि सांसदले आफुसँग बुहमत सांसदहरुको समर्थन छ भन्ने प्रमाणसहित प्रधानमन्त्रीमा दावी पेश गर्न सक्छन् । यो धारा अनुसार प्रधानमन्त्री बन्न चाहनेले बहुमत सांसद आफ्नो पक्षमा भएको पुष्टि गर्नुपर्छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११