७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र राष्ट्रपति कार्यालयमा दर्ता



काठमाडौं । १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबीसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदहरुको हस्ताक्षर जुटाएर देउवाले विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष र जसपाको यादव भट्टराई पक्षको समर्थनसहित देउवाले नयाँ सरकारको नेतृत्वमा दाबी पेश गरेका हुन् ।

दाबी पेश गर्न विपक्षी दलका नेताहरु एमाले नेता माधवकुमार नेपालसहित राष्ट्रपति कार्यालय पुगेका थिए ।

पत्र दर्तापछि राष्ट्रपति भण्डारीले संविधान र कानूनका आधारमा विज्ञहरुसँग सल्लाह गरेर निर्णय दिने बताएकी छिन् । प्रधानमन्त्री ओलीले पनि भर्खरै दाबी पेश गरेको सुनाउँदै राष्ट्रपति भण्डारीले कानूनी सल्लाह गरेर निस्कर्षमा पुग्ने बताएकी छिन् । त्यसक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेको १२१ जनाको दाबीमाथि प्रश्न उठाएका थिए ।

धारा ७६ (५) अनुसार कुनै पनि सांसदले आफुसँग बुहमत सांसदहरुको समर्थन छ भन्ने प्रमाणसहित प्रधानमन्त्रीमा दावी पेश गर्न सक्छन् । यो धारा अनुसार प्रधानमन्त्री बन्न चाहनेले बहुमत सांसद आफ्नो पक्षमा भएको पुष्टि गर्नुपर्छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ०६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल