७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कमल थापाले भने- ‘राष्ट्रपति महोदय, प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गरी चुनाव घोषणा होस



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका हुन् ।

उनले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा आज परेका दुवै दाबी किर्ते भएको भन्दै त्यसलाई खारेज गरी चुनाव घोषणा गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् । उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

‘दुवै जालीरकिर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’, थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ३५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल