१९ असार २०८३, शुक्रबार | July 3, 2026

कमल थापाले भने- ‘राष्ट्रपति महोदय, प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गरी चुनाव घोषणा होस



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका हुन् ।

उनले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा आज परेका दुवै दाबी किर्ते भएको भन्दै त्यसलाई खारेज गरी चुनाव घोषणा गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् । उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

‘दुवै जालीरकिर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’, थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ३५ बजे

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो