१६ चैत्र २०८२, सोमबार | March 30, 2026

घट्यो बाँके र रुपन्देहीमा संक्रमणको दर, बाँकेमा ९५ र रुपन्देहीमा १६७ जनामात्र नयाँ संक्रमित थपिए



बुटवल । कोरोना कहरको दोस्रो लहरमा देशकै हटस्पट बनेको रुपन्देही र बाँके दुबै जिल्लामा संक्रमणको दर घट्न थालेको संकेत देखिएको छ । दुबै जिल्लामा हरेक दिन नयाँ संक्रकित थपिने क्रम घटेको छ भने रुपन्देहीमा मृत्यु दर पनि घटेको छ । बाँकेमा संक्रमित थपिने क्रम घटेपनि मृत्युदर भने घट्न सकेको छैन ।

दुबै जिल्लाको पछिल्लो २४ घण्टाको विरणमा रुपन्देहीमा ६४० नमुना परीक्षण गर्दा १६७ जनामा मात्र संक्रमण पुष्टि भएको छ भने बाँकेमा ४३२ कुल संक्रमित मध्य २२ प्रतिशत मात्र बाँकेका संक्रमित थपिएको देखिएको छ । बाँकेमा आज ९५ जनामा मात्र संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जनाएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ जनाको मात्र मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ, यद्देपी लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका कारण स्वास्थ्य कार्यालयको मृत्युको विवरण शंकास्पद देखिएको छ । उता बाँकेमा भने सोही समयमा १४ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएकाहरुमा जिल्लाा भित्रका ४ जना र अन्य जिल्लाका १० जना छन् । बाँकेमा अन्यत्रबाट उपचार गर्न आएकाहरुको मृत्यु भएको जोड्दा मृत्युदर बढी देखिएपनि जिल्ला भित्रको मृत्यु दर घटेको तथ्यांकले देखाएको छ ।

२४ घण्टाकै अवधीमा बाँकेमा २०३ जनाको डिस्चार्ज भएको छ भने रुपन्देहीमा ५३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : ५८ बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक