१८ असार २०८३, बिहिबार | July 2, 2026

सर्वोच्च बारले भन्यो प्रतिनिधिसभा विघटन संविधानमाथिको कपटपूर्ण जालसाजी



काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको कपटपूर्ण जालसाजी भनेको छ । शुक्रबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै मध्यापधि निर्वाचनको घोषणालाई सर्वोच्च बारले संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भनेको हो ।

सर्वोचच बारको तर्फबाट आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै संसद विघटनको घटनालाई बारले बहुदलीय व्यवस्था र लोकतान्त्रिक आधारभूत मूल्य र मान्यता विपरीत प्रमुख राजनीतिक दलहरूका गतिविधि र सार्वभौम प्रतिनिधिसभाको भूमिकालाई छली षड्यन्त्रमूलक ढंगबाट संसद् विघटन गर्ने कार्यले संसदीय लोकतान्त्रिक प्रणालीमाथि नै गम्भीर प्रहार गरेको बताएको छ ।

सर्वोच्च बारका सचिव ऋषिराज घिमिरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री तथा राष्ट्रपतिको मिलोमतोमा धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानमाथिको कपटपूर्ण जालसाजी र धोका भएको आरोप लगाईएको छ ।

संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको दाबीमा राष्ट्रपति विद्यादेवी भण्डारीले वस्तुनिष्ठ तरिकाले निष्कर्षमा नपुगी स्वेच्छाचारी ढंगबाट प्रतिनिसभा विघटन गरेर संविधानको भावनामाथि चोट पुर्‍याएको सर्वोच्च बारको ठहर छ । प्रक्रिया पूरा नगरी राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरी संविधानलाई ट्रर्‍याकमा ल्याउन सम्बन्धित निकालसमक्ष सर्वोच्च बारले माग समेत गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ४७ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता