१५ माघ २०८२, बिहिबार | January 29, 2026

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव



काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।

सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन् । सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिएका छन् ।

जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन् । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिकरूपमा कार्यक्रम आयोजना गरिएको बताए । महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : ३४ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा