७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि टेण्डर आह्वान



काठमाडौं । पंचायतकाल देखि नै हरेक निर्वाचनका बेला चुनावी मुद्दा बन्ने गरेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा सुरुङ मार्गको मध्यावधि निर्वाचन घोषणा भएको अर्को दिन टेण्डर निकालिएको छ । नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबावा सडक खण्डमा सुरुङ खन्न टेण्डर आब्हान गरेको छ । चुनाव घोषणा भएको अर्को दिन नेपाल सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयले एक महिनाको म्याद राखेर टेण्डर आब्हान गरेको हो ।

अर्थमन्त्रालयले अघिल्लो वर्षबाट नै बजेको सुनिश्चितता गरेको सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले टेण्डर आह्वानको गरेको हो । कामचलाउ सरकारका अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटरमा टेण्डर आह्वानको फोटो सेयर गर्दै यसबारे जानकारी समेत गराएका छन् ।

सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमै १० अर्ब १५ करोड बजेटको सुनिश्चितता गरेको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको छ ।

सिद्धबाबा खण्डको विकल्पमा धेरैतिरबाट सडक बनाउन खोजिएपनि सुरुङमार्ग नै भरपर्दो हुने विश्लेषण गर्दै संघीय सरकारले बजेट विनियोजन गरेको थियो।

यो सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको छ । यद्यपी, निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ ।

वार्षिक ५० भन्दा बढीको मृत्यु हुने यस सिद्धबाबा खण्डको झण्डै ३ किलोमिटर क्षेत्रमा सुरुङ निर्माण हुने छ । त्यसका लागि यसअघि नै भौगर्भिक अध्ययन भइसकेको छ । सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सुरुङ सुरु हुनेछ ।

यो सुरुङमार्ग बनेमा यसक्षेत्रका लाखौं मानिस लाभाविन्वत हुने प्रष्ट छ । पाल्पा, गुल्मी, स्याङ्ग्जा, पर्वत, बागलुङ लगायतका लुम्बनी र गण्डकी प्रदेशका धेरै पहाडी जल्लाका लागि तराई प्रवेशको एकमात्र सहज सडक विकल्प सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अत्यन्त जोखिमपूर्ण छ ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्द्यी अघि निर्माणकार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त छ ।

हरेक वर्षातमा ठाडो पहाडबाट खस्ने ठूल्ठूला ढुंगा र पहिरो एवं हिउँदमा समेत खस्ने सख्खा पहिरोले यस सडकखण्डमा वर्षेनी कैयौं व्यक्तिको ज्यान गैसकेको छ । कैयौं घाइते भएका छन् । यसक्षेत्रका राजनीतिक दलका नेताहरु, सांसदहरु र लुम्बिनी प्रदेशका मन्त्रीहरुका लागि सिद्धबाबा सुरुङ मार्ग भाषण गर्ने विषय बन्दै आएको थियो ।

गत बर्ष अर्थ मन्त्रालयले बजेट स्विकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई टेण्डर आह्वान गर्न भनेको थियो । नेकपा एमालेका नेता तथा रुपन्देहीका निवर्तमान संघीय सांसद बिष्णु पौडेलले १ वर्ष अगाडि नै बुटवलको कार्यक्रममा १ हप्ता भित्र सुरुङमार्गको टेण्डर खुल्ने जानकारी दिएका थिए । अघिल्लो पटक संसद विघटन गरि निर्वाचनको घोषणा गर्दा पनि पौडेल बुटवल आएर १५ दिन भित्र टेण्डर खोल्ने तयारीमा रहेको जानकारी दिएका थिए । अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै सुरुङमार्गको लागि बजेट स्विकृत गर्दै बार्षिक बजेटमा १० अर्व १५करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाउन भनेको थियो ।

अहिले पनि यो सडकखण्ड निकै जिर्ण बनेको छ । बुटवलदेखि पाल्पाको झुम्सासम्म पुग्नका लागि एकघण्टा भन्दा बढी समय लाग्ने गरेको छ । एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम पनि जारी छ । यसैगरी सडक विभागले बर्तुङ–तम्घास खण्डको समेत स्तरोन्नती गरिरहेको छ ।

समयमै सुरुङमार्ग बन्ने र राजमार्गको समेत स्तरोन्नती भएमा बुटवलबाट पोखरा, बुटवलबाट गुल्मी र बागलुङ एवं बुटवल–रिडी र बुटवल–राम्दीहुँदै कालिगण्डकी कोरिडोरको यात्रासमेत सहज बन्ने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : १४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल