१० चैत्र २०८२, मंगलबार | March 24, 2026

घरघरमा कोरोनाका बिरामीदेखिन थालेपछि, स्थानीयवासी त्रसित



कैलाली । दोस्रो लहरको कोभिड-१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका-२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी-२ का स्थानीयवासी दुर्गा जोशीले बताइन् ।

“कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ”, स्थानीयवासी जोेशीले भनिन्, “अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ-टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ ।”

मन्टेश्वरी स्कूलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको कुरा सुनाइन् । उनले भनिन्, “फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट मृत्यु भएकाहरुको हार्दिक श्रद्धाञ्जलिबाहेक केही हुँदैन, कुनै आफन्तले फोन गर्दा समेत अब कस्तो प्रकारको खबर सुनिन्छ भन्ने मनमा चिन्ता छाइरहन्छ ।”

गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन् । घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जानसमेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको उनले बताइन् । “गत वर्ष कोरोनाका बिरामी गाउँमा नरहेको सुन्नमा आएकामा यसपालि त कोरोनाबाट गाउँमा केही व्यक्तिको मृत्यु भइसकेको छ । मन अझै अत्तालिन्छ”, उनले भनिन् ।

रोजगारीका लागि छिमेकी राष्ट्र भारत पसेकाहरु समेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमा नाका हुँदै केही व्यक्ति गाउँमा प्रवेश गरेपछि अझ डर, त्रास बढेको धनगढी-२ कै स्थानीयवासी हरि नेपालीले बताइन् । घर फर्केकाहरु होम आइसोलेशनमा छुट्टै नबसी घर परिवारसँगै बस्ने गरेको उनको भनाइ छ । उनले भनिन्, “सतर्कता नअपनाउँदा स्थिति थप जटिल हुनसक्छ ।”

गाउँमा सङ्क्रमित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । समयमै सबैले सचेत हुन र सरोकारवालाहरुले यसमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : ५८ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११