७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च जानु अघि सांसदहरुको हस्ताक्षर संकलन



काठमाडौं । विपक्षी पाँच दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद सचिवालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदलतमा मुद्दा हाल्ने तयारी गरेका विपक्षी पाँच दलले प्रधानमन्त्रीमा प्रस्तावित गरेका शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका आआफ्ना सबै सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष, जसपा यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । सबै सांसदहरुको भौतिक उपस्थिति र नागरिकतासहित सर्वोच्चमा प्रतिनिधिसभा विघटन विरुद्ध रिट हाल्ने विपक्षी गठबन्त्रधनको तयारी रहेको छ । विपक्षी दलहरुले तयारी पुगे आजै नपुगे भोलिसम्म सर्वोच्चमा रिट हाल्ने योजना बनाएका छन् ।
शनिबार बसेको पाँच दलको बैठकले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र संविधान विपरित भएको ठहर गर्दै यसविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको थियो ।

देउवाले प्रधानमन्त्रीमा गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा उनलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेकी थिइन । त्यसको केही समभित्रै भण्डारीले प्रधानमन्त्री केपी ओलीको योजनामा प्रतिनिधिसभा विघटन गरेकी थिइन ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १२ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई