४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश माग गर्दै सर्वोच्चमा रिट दर्ता हुँदै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कानूनव्यवसायीहरुसँग छलफल गरेपछि विपक्षी दलहरुले सर्वोच्चमा परमादेशको मागसहित रिट दर्ता गर्ने भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्न लागिएको हो ।

परमादेश दर्ताका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल खनाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन भैरहेको छ भने सर्वोच्चमा दर्ता गर्ने डाफ्ट पनि तयार भैसकेको छ ।

रमेश लेखक, राधेश्याम अधिकारी, देव गुरूङ र उपेन्द्र यादवले परमादेश ड्राफ्ट तयार पारेका छन् । ड्राफ्ट तयार पार्न कानूनव्यवसायीरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधानले सहयोग गरेका छन् ।

कांग्रेस र माओवादी केन्द्रको हस्ताक्षर संकलन पुरा भैसकेको छ भने एमाले माधव खनाल पक्षका सांसदहरुको पनि हस्ताक्षर संकलनका लागि नयाँ वानेश्वरस्थित संसद भवनमा भेला भएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  २ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको