१९ असार २०८३, शुक्रबार | July 3, 2026

देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश माग गर्दै सर्वोच्चमा रिट दर्ता हुँदै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कानूनव्यवसायीहरुसँग छलफल गरेपछि विपक्षी दलहरुले सर्वोच्चमा परमादेशको मागसहित रिट दर्ता गर्ने भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्न लागिएको हो ।

परमादेश दर्ताका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल खनाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन भैरहेको छ भने सर्वोच्चमा दर्ता गर्ने डाफ्ट पनि तयार भैसकेको छ ।

रमेश लेखक, राधेश्याम अधिकारी, देव गुरूङ र उपेन्द्र यादवले परमादेश ड्राफ्ट तयार पारेका छन् । ड्राफ्ट तयार पार्न कानूनव्यवसायीरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधानले सहयोग गरेका छन् ।

कांग्रेस र माओवादी केन्द्रको हस्ताक्षर संकलन पुरा भैसकेको छ भने एमाले माधव खनाल पक्षका सांसदहरुको पनि हस्ताक्षर संकलनका लागि नयाँ वानेश्वरस्थित संसद भवनमा भेला भएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  २ : २१ बजे

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो