७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भारतमा झण्डै ९ हजार जनालाई ‘ब्ल्याक फंगस’, २९ राज्यमा प्रकोप घोषणा गर्न आग्रह



काठमाडौं । भारतमा झण्डै ९ हजार जनालाई ‘ब्ल्याक फंगस’ भएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको हो ।

प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको संक्रमण हुनसक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि संक्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् ।

कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ‘ब्ल्याक फंगस’ देखा परेको हुनसक्ने डाक्टरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मधुमेह भएका बिरामीमा यसको संक्रमण धेरै हुने जोखिम छ । अहिलेसम्म भारतको गुजरात र महाराष्ट्र राज्यका यो रोगको बिरामी धेरै भेटिएका छन् । अन्य १५ वटा राज्यमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : १९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने