७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतमा झण्डै ९ हजार जनालाई ‘ब्ल्याक फंगस’, २९ राज्यमा प्रकोप घोषणा गर्न आग्रह



काठमाडौं । भारतमा झण्डै ९ हजार जनालाई ‘ब्ल्याक फंगस’ भएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको हो ।

प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको संक्रमण हुनसक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि संक्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् ।

कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ‘ब्ल्याक फंगस’ देखा परेको हुनसक्ने डाक्टरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मधुमेह भएका बिरामीमा यसको संक्रमण धेरै हुने जोखिम छ । अहिलेसम्म भारतको गुजरात र महाराष्ट्र राज्यका यो रोगको बिरामी धेरै भेटिएका छन् । अन्य १५ वटा राज्यमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११