१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा कोरोना माहामारी नियन्त्रणको दिशामा, अस्पतालमा कोरोना वार्डका बेड खाली हुन थाले



नेपालगन्ज । बाँकेमा संक्रमण र मृत्युको दर घटेसँगै अस्पतालका बेडहरु पनि खाली हुन थालेका छन् । अघिल्लो हप्तासम्म कोरोना महामारीको हटस्पट देखिएको बाँकेका यस हप्ता लगातार संक्रमित घट्ने, मृत्युदर घट्ने र अस्पतालका बेडहरु पनि खाली हुने क्रम सुरु भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेका २ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४० जनामा मात्र संक्रमण पुष्टि भएको छ । २ वटा पीसीआर ल्यावमा १०३ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ४० जनामात्र संक्रमति थपिएको हो । २ दिन लगातार शुन्यमा झरेको मृत्युको संख्या आज भने १ जनाको मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुरकै स्थायी बासिन्दाको आज बिहान मृत्यु भएको थियो । बाँकेमा उपचाररत अन्य जिल्लाका कोरोना संक्रमित मध्य ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

बाँकेमा २४ घण्टाकै अवधीमा १६६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अघिल्लो हप्तासम्म अस्पतालमा बेड नपाउने अवस्था रहेको बाँकेमा आज अस्पतालमा बेडहरु समेत खाली भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । आज मध्यान्ह सम्ममा बाँकेको भेरी अस्पतालमा ११ बेड, मेडिकल कलेज कोरोना वार्डमा २९ बेड, वेष्टर्न अस्पतालको सर्जिकल वार्डमा १३ बेड र युनाईटेड अस्पतालमा ५ बेड खाली रहेको श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ५ : ३८ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित