१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

खनाल-नेपालसहित ११ नेता एमालेबाट निस्काशित, अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल सहित ११, जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

एमाले स्थायी कमिटीको सोमबार अपरान्ह बसेको बैठकले नेता खनाल, नेपाल, भीम रावलसहित प्रतिनिधिसभाका ११ जना सांसदलाई निष्कासन गरेको हो । आज निस्काशित अधिकांश सांसदहरू समानुपातिक सांसद हुन् ।

पार्टी अनुशासनको उल्लङ्घन गरी विपक्षी दलहरूसँग साँठगाँठ गरेर आफ्नै प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गरेको भन्दै एमालेले  नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

बैठकले शनिवार मात्रै यी नेताहरूलाई आज बिहानसम्म स्पष्टीकरणको जवाफ मागिएको थियो  ।

यस ११ जना बाहेक घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विराेध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, साेमप्रसाद पाण्डे, मेटमणि चाैधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।

बैठकले सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन समेत निर्देशन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : २० बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ