६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६१० जनाको नमुना पीसीआर परीक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ७२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि तिलोत्तमा नगरपालिकामा ४८ जना, सिद्धार्थनगर नगरपालिकामा १९ जना, देवदह नगरपालिकामा १८ जना, कञ्चन गाउँपालिकामा १५ जना, सैनामैना नगरपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ३०१ पुगेको छ । जसमध्ये २० हजार ६४८ जना निको भएका छन । आज रुपन्देहीमा ४९४ जना कोरोनाबाट मुक्त भएका छन् ।

जिल्लामा हाल ४ हजार २४७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९६ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ३६ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन