१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

मैत्रीपूर्ण खेलका लागी नेपाली फुटबल टिम आज इराक जाँदै



काठमाडौं । इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राति दोहा प्रस्थान गर्दै छ ।

कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली आज १० बजे राति यात्रामा निस्किन लागेको हो ।

कतार एयरवेजको चार्टर उडानमार्फत दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । २३ खेलाडीसहित ३६ सदस्यी टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने एन्फाले जानकारी दिएको छ ।

टोलीसँगै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव रमेशकुमार सिलवाल पनि इराक पुग्नेछन् । उनको यो यात्रा अचानक तय भएको एन्फा स्रोतले बताएको छ । ‘सोमबार अचानक उहाँ पनि जाने तय भएको हो। उहाँलाई एन्फा अध्यक्षय कर्माछिरिङ शेर्पाले पठाउन लागेका हुन्,’ स्रोतले भन्यो । उनले इराक र कुवेतका सरकारी खेलकुद निकायका पदाधिकारीसँग भेटघाट गर्ने जनाइएको छ । तर, भेटको उद्देश्य भने नखुलेको स्रोतले बताएको छ । गतवर्ष दोस्रो पटक सदस्य सचिव बनेका सिलवालको फुटबल टोलीसँगको यात्रा भने यो पहिलो पटक हो ।

यद्यपि, नेपालले जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले यसअघि इराकसँग सन् २००१ मा खेलेको थियो । विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा बरीयतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ ।

इराकविरुद्धको खेलपछि जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ । त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ । यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ । ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ । होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ६ : ५५ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर