७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना विरुद्धको आफ्नै खोप ‘पाकभ्याक बनाउन पाकिस्तान सफल



चीनको क्यानसिनो बायो इन्कको प्राविधिक सहयोगमा पाकिस्तानले कोरोना भाइरस विरुद्ध खोप बनाउन सफल भएको छ ।

पाकिस्तान सरकारले सोमबार ‘पाकभ्याक’ विकसित गर्न सफल भएको जनाएको छ । क्वालिटी कन्ट्रोल परीक्षणमा पाकभ्याक सफल भएको पाकिस्तानले जनाएको छ ।

अन्यदेशसँग खोपमा परनिर्भरता घटाउन पाकिस्तानले देशभित्रै कोरोना विरुद्धको खोपको विकास गर्न सुरु गरेको थियो । चिनियाँ कम्पनी क्यानसिनो बायोले पाकिस्तानको नेशनल इन्स्टिच्यूट अफ हेल्थलाई खोप विकास गर्न सहयोग गरेको थियो ।

गत फ्रेवुअरीमा चीन सरकारले दिएको अनुदानको खोपबाट पाकिस्तानले कोरोना विरुद्ध खोप अभियान सुरु गरेको थियो । हालसम्म करिब ५० लाख नागरिकलाई पाकिस्तानले खोप लगाइसकेको छ । सुरुमा फ्रन्टलाइनरहरुबाट सुरु भएको यो अभियानअन्तर्गत दोस्रो चरणमा जेष्ठ नागरिकहरुलाई खोप लगाइएको थियो । पाकिस्तानले अहिले ३० वर्षमाथिको उमेर समुहलाई खोप लगाउन सुरु गरेको छ ।

प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डाक्टर फैसल सुल्तानले ट्वीट गर्दै खोप विकसित गरेकोमा एनआईएच टिमलाई बधाइ दिएका छन् । चिनियाँ सहयोगमा बनेको खोपले आवश्यक सबै कटिन गुणस्तर परीक्षण पार गरेको डा. सुल्तानले दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौताका कारण एनआईएचले प्रतिमहिना ३० लाख डोख खोप उत्पादन मात्र गर्नसक्ने जनाएका छन् । मे महिनाको अन्तसम्म पाकभ्याकको पहिलो डोज खोप लगाउन सकिने विश्वास अधिकारीहरुले गरेका छन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १२ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई