१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा जेठ १३ र १४ गते पेशी



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतमा जेठ १३ र १४ गते सुनुवाई हुनेभएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट दर्ता भएका छन् । ती मध्ये १९ वटा रिट साधारण इजलासमा रहेका छन् । अन्तरिम आदेशसमेत माग गरिएका ती रिटमाथि जेठ १३ गते पेशी तोकिएको छ । यस्तै, ११ वटा रिट भने संवैधानिक इजलासमा सुनुवाई हुनेछन् ।

संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्र बस्ने गर्छन । शुत्रबार अर्थात १४ गते संवैधानिक इजलासका रिटमाथि सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध पाँच विपक्षी दलको तर्फबाट १४६ जना सांसदहरुले सामुहिक रुपमा संवैधानिक इजलासमा रिट दिएका छन् ।

शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिले नियुक्ति हुने आधार नरहेको भनी निर्णय गरेकी थिइन । त्यसलगत्तै जेठ ८ को मध्यरातमा मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ०५ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका