१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आज गण्डकी प्रदेशमा १५४९ जना सक्रमित थपिए, १९ जनाको मृत्यु



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १५४९ जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज ३ हजार ३६८ जनामा गरिएको नमुना परिक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका ४४० जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका २३९ जना, नवलपुरका १५६ जना र स्याङ्गजाका २४० जना छन ।

यस्तै, पर्वतका ९२ जना, बाग्लुङका २ जना र म्याग्दीका ५१ जना जना रहेका छन ।

आज पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १२७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ ।

सोमबार पनि गण्डकी प्रदेशमा थप १९ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ३९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११