१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

एन आई सी एशियाको प्रिपेड डलर कार्ड लिन अनलाईनमार्फत आवेदन दिन सकिने



काठमाडौ । एन आई सी एशियाको प्रिपेड डलर कार्ड लिन अनलाईनमार्फत आवेदन दिन सकिने भएको छ ।
बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको हो ।

यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग  एपमा रहेको iServe प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन् । VISA NETWORK मा आधारित हुने यस कार्डमार्फत ग्राहक महानुभावहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकका ग्राहकहरुले बैंकको Self Help Banking platform iServe भित्र Card Services मा क्लिक गरी Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

उक्त विवरण भरेपछि मोबाइल नम्बरमा OTP प्राप्त हुने र उक्त OTP राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सकिनेछ । तत्पश्चात् ग्राहकले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् ।

यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस  मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सकिनेछ ।

यद्मपी कोरोना कहरको यस विषम परिस्थितिमा बैंकले सिमित शाखा मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको अवस्थामा प्रिपेड डलर कार्ड लिन इच्छुक ग्राहक महानुभावले बैंकको वेबसाइट अथवा सामाजिक संजालमा राखिएको शाखा खुल्ने सम्बन्धी सूचना हेरी वा बैंकमा सम्पर्क गरी आफुले रोजेको शाखा खुल्ने दिन मात्र सरकारले जारी गरेको निषेधाज्ञाकोे पालना गरी बैंकको शाखा कार्यलयबाट उक्त कार्ड लिन अनुरोध बैंकले गरेको छ । यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क रू. ३५० कायम गरेको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ७ : ०१ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति