६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेका अस्पतालका कोरोना वार्डहरु खालि हुन थाले



नेपालगन्ज । दुईसाता अगाडि सम्म अस्पतालमा बेड नपाएर अस्पतालका पिँढी, आगन र गल्लीहरुमा समेत उपचार गराउन बाध्य कोरोना संक्रमितहरु डिस्चार्ज हुँदै गएपछि बाँकेका अस्पतालहरुमा यो हप्ता भने बेडहरु खालि हुन थालेका छन् । सामान्य अवस्थाका संक्रमितहरु डिस्चार्ज हुने र गम्भीर प्रकृतीका संक्रमितहरुको मृत्यु हुँदै गएपछि अस्पतालका बेडहरु खालि हुँदै गएको हो । पछिल्लो २ साता मृत्युदरले नराम्रो गरि गति लिएपछि र त्यसयता अस्पताल भर्ना हुन आउने संक्रमितको संख्या घटेपछि अस्पतालका बेडहरु खालि भएका हुन् ।

आज साँझ सम्ममा बाँकेका ४ वटा अस्पतालमा ७२ वटा बेड खालि रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं जिल्ला कोभिड व्यवस्थापन समितिका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । सर्वाधिक संक्रमितको चाप हुने गरेको भेरी अस्पताल नेपालगन्जमा २७ बेड, नेपालगन्ज मेडिकल कलेजमा २७ बेड, वेष्टर्न अस्पतालको सर्जिकल वार्डमा १३ बेड र युनाईटेड अस्पतालमा ५ बेड खालि रहेको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाँकेमा मृत्युको दर भन्दा बढी डिस्चार्जहुनेको संख्या रहेको छ भने पछिल्लो हप्ता सिरियस भएर अस्पताल आउने संक्रमितको संख्या पनि घटेको छ । बाँकेमा उपचारका लागि आउने अन्य जिल्लाका संक्रमितहरुको मृत्युदर उच्च रहेपनि एक साता देखि बाँके जिल्ला भित्रका संक्रमितहरुको मृत्युदर पनि घटेको छ ।

मध्यान्ह पछि २ घण्टामा ४ जनाको मृत्यु

बाँकेका २ अस्पतालमा उपचाररत संक्रमितहरुको मध्यान्ह यता २ घण्टाका बीचमा ४ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रुकुमका २ जना, सल्यानका १ जना र बाँकेका १ जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार जेठ ९ गते भेरी अस्पताल भर्ना भएका बाफिकोट १० रुकुमका ६६ वर्षिया महिलाको दिउँसो ३ः१० बजे मृत्यु भएको थियो भने जेठ ४ गते भेरीमै भर्ना भएका राप्ती सोनारी ५ बाँकेका २३ वर्षिय पुरुषको आज ४ः३५ बजे मृत्यु भएको थियो । त्यसैगरि बैशाख २७ गते भेरी अस्पतालमा भर्ना भएका आठबिसकोट १० रुकुमका ३२ वर्षिय पुरुषको ५ः३० बजे मृत्यु भएको थियो भने जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका छत्रेश्वरी ५ सल्यानका ३५ वर्षिय पुरुषको पनि ५ः३० बजे मृत्यु भएको डीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेमा जिल्ला भित्रका संक्रमितहरुको मृत्यु हुनेको संख्या २८० पुगेको छ भने जिल्ला बाहिरका २५८ जनाले उपचारका क्रममा बाँकेमा ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १० : ४० बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको