२० बैशाख २०८३, आइतबार | May 3, 2026

चक्रवातको प्रभाव हावाहुरी



काठमाडौं । बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात यासको प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मंगलवार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ ।

चक्रवातको असर नेपालमा झण्डै १ हप्ता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् समीर श्रेष्ठले शुक्रवारसम्म बढी असर देखिन सक्ने र त्यसपछि हल्का बदलीको अवस्थामा परिणत भएर चक्रवातको असर मत्थर हुने बताए ।

बङ्गालको खाडीमा उत्पत्ति भएको न्यून चापीय प्रणाली विकास हुँदै सोमबार चक्रवातमा परिणत भएको यास अझ धेरै शक्तिशाली हुने क्रममा रहेको छ ।

‘यास’ भारतको उडिसाबाट ८०० किलोमिटरभन्दा टाढा बङ्गालको खाडीमा उत्पत्ति भएर उत्तर–पश्चिमतर्फ आइरहेको छ । नेपालका पूर्वी भागबाट उडिसाको दूरी झण्डै २ हजार ५०० किलोमिटर छ । उडिसाबाट जमिनमा प्रवेश गर्ने यो चक्रवातले उडिसा र आसपासको क्षेत्रमा धेरै क्षति गर्ने अनुमान गरिएको छ ।

अति धेरै शक्तिशाली यो चक्रवातले १९० देखि २०० किलोमिटर प्रतिघण्टाको गति लिने अनुमान रहेकाले नेपालमा पनि केही असर पार्ने मौसमविद्को अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार चक्रवात उत्तर–पश्चिम सर्दै बुधवार ‘अति धेरै शक्तिशाली’ बन्ने छ । उडिसामा गम्भीर असर पारेको खण्डमा यो चक्रवातले नेपालमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारी वर्षा गराउने छ । यसको असर नेपालको पूर्वी भागमा बढी हुनेछ ।

प्रदेश १ को हिमाली र पहाडी भूभाग तथा बागमती प्रदेशका उच्च भेगमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि पूर्वबाट पश्चिम सर्दै जाने क्रममा बुधवार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : ३१ बजे

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख